- अर्चना विभोर (मनोविमर्शकर्ता तथा प्रशिक्षक)
सन्तानको प्रेम र सुरक्षा सबै प्राणीहरू गर्दछन् । मानवजातिले सन्तानलाई विशेष प्रेम गर्दछन् । आफ्ना सन्तानलाई माया गर्ने, तिनको मार्गदर्शन गर्ने अभिभावकहरूको कर्तव्य पनि हो । हरेक अभिभावक आफ्ना सन्तानको रेखदेख, सुरक्षा, मायाममता, भरणपोषण, शिक्षादीक्षाका लागि सक्दो मिहिनेत गर्दछन्। अभिभावकले डोर्याएको बाटोमा 'ताते' गर्दै हरेक बालबालिकाको यात्रा सुरु हुन्छ। मनमस्तिष्क विकाश हुनु भन्दा पहिलेदेखि नै बालबालिकालाई डोर्याउने भएकाले अभिभावकले जस्तो चाह्यो त्यस्तो बाटो हिँडाउन सक्छन् । मानिसले चालेको प्रत्येक पाइलामा अभिभावकको देन हुन्छ । मायाप्रेम, लगाव, समर्पण आदिले भरिपूर्ण मार्गदर्शनका कारण मानिसले सगरमाथाको चुचुरो छुने सम्म साहस गर्दछन् ।