प्रश्न: म ४० बसन्त पार गर्नै लागेको मान्छे परें । मैले विवाह गरेको पनि झन्डै १७ वर्षपुग्न लागेछ । सुरु-सुरुका दिनबाहेक मैले उनलाई मनदेखि माया गर्न सकिनँ । हरेक घरायसी क्रियाकलापमा कुरा नमिल्ने त छँदैछ, कुनै पनि विषयमा कुरा मिल्दैन । हरेक प्रयास गर्दै सँगै बस्ने समय मिलायो, तुरुन्तै झगडा भइहाल्छ । हाम्रा दुई सन्तान पनि छन् । कठोर निर्णय लिन पनि अलि गाह्रो छ । आजभोलि सोच्दै छु, छुट्टिने वा पारपाचुके नै गर्ने । मेरा लागि अब उपयुक्त बाटो के होला? सुझाव पाए आभारी हुने थिएँ ।
प्रश्नकर्ता: कृष्णजङ MD, USA
मनोविद् अर्चना विभोरको उत्तर:
प्रश्नका लागि धन्यवाद । मानिस स्वतन्त्र जन्मिन्छ । जब ऊ बिस्तारै बढ्दै जान्छ, उसको स्वतन्त्रता घट्दै जान्छ । उसका बन्धनहरू बढ्दै जान्छन् । सामाजिक, नैतिक, पारिवारिक, राजनैतिक, अर्थिक, धार्मिक, कानुनी बन्धनहरूले मानिसलाई उमेरसँगै बाँध्ने गर्छन् ।