In this article the Mental Health Specialist Archana Bibhor discusses about various aspects of psychological difficulties in Nepali society. She further highlights the importance of of psychotherapeutic interventions.
मानिसको सबैभन्दा शक्तिशाली अंग मन (mind) हो। मनले मानिसलाई काम गर्न प्रेरित गर्छ र उसको आज्ञा मानिसले चाहेर वा नचाहेर मान्नैपर्छ। वास्तवमा मन मानिसको मालिक हो र मनले अह्राएअनुसार गर्नु मानिसको प्रकृति हो। मानिस प्रकृतिविरोधी हुन सक्दैन। मनको कारण नै मानिस छ र उसको अस्तित्व पनि। त्यो मन नै हो जसले मानिसलाई प्रेम, घृणा, सुख, दुःखजस्ता संवेग वा संवेदनाहरूसँग परिचय गराउँछ। मन देखिदैन तर महसुस गरिन्छ र यही आभास नै संसारलाई अड्याउने शक्ति हो ।