Hypnosis is a scientifically verified technique which promotes the accelerated human change

मेरो साथी मसँग एकदम हैकम चलाउँछ !

Bullyम १९ वर्षको भएँ । काठमाण्डौमा ६ महिना अघि पढ्न भनेर आएको थिएँ र एउटा साथीसँग बस्छु । मलाई धेरैजसो आफू भित्रभित्रै रीस उठ्छ; आफ्नो बारेमा केही पनि राम्रो सोच्न सक्दिन अनि पढाईमा पनि ध्यान दिन सकिरहेको छैन । मेरो साथी मसँग एकदम हैकम चलाउँछ । उसको चाहना अनुसार मैले काम गर्नुपर्छ। मलाई ऊ पटक्कै मन पर्दैन । तर, त्यसबेला म उसलाई केही भन्न सक्दिन म त मनोविक्षिप्त (ड्पिरेसन) भैसकें । म के गरूँ ? ~ कमल पाण्डे
 
म बुझ्छु तपाईलाई आफैसगँ रिस उठ्नाले गाह्रो भैरहेको छ । एक त सानै उमेरमा घरबाट टाढा हुनुपर्दा दुःख लागिरहन्छ, त्यसमाथी आफूलाई हैकम चलाउने साथीसँग व्यवहार मिलाउन झनै कठिन हुन्छ । 

अर्काको अधिनमा कार्य गर्नु मानिसको प्रकृति होइन । आफ्नै मनको इशारामा चल्दा मानिसलाई सन्तुष्टि मिल्छ । आफ्नो आन्तरिक स्वतन्त्रता माथी आँच आउदा आफैसँग रिस उठ्नु, पढ्न नसक्नु स्भाविक हो । आफ्नो कोमलताको फाइदा उठाउनेहरूले आफूमाथी अधिकार जमाएको सहन कठिन हुन्छ अनि त्यसको प्रतिकार गर्न नसक्दा आफूमा हीनताबोध हुनसक्छ । हीनताबोधले मानिसलाई एकदमै कमजोर बनाउँछ । आत्मबल, आत्मविश्वास र आत्मसुरक्षाको कमी हुनुका साथै रिस उठ्ने, जाँगर नलाग्ने, डर लाग्ने, आत्मसम्मान घट्ने जस्ता नकारात्मक भावना उठ्ने हुनसक्छ ।
कसैलाई मन नपराउँदा नपराउदै पनि बाध्यतामा उसको अधीनमा रहँदा तपाईले के महसुस गर्नहुन्छ । यसो गर्दा तपाईले के सोच्नुहुन्छ र कस्तो प्रतिकुलता देखाउनुहुन्छ भन्ने कुराहरु महत्वपुण हुन्छन। तपाईमा त्यस्तो के कमजोरी छ, जसका कारण अर्को व्यक्तिले तपाईलाई दबाउन सफल भैरहेको छ । उसको दबाब अस्विकार गर्न तपाईलाई के कुराले रोकिरहेको जस्तो लाग्छ । के आधारमा तपाई उसको आज्ञा मान्न बाध्य हुनुहुन्छ भन्ने जस्ता कुरामा सचेत हुनुहोस् । त्यसपछि तपाईमा आत्मबल र आत्मविश्वासको विकास हुनेछ । विस्तारै आफ्ना असल गुणहरुसँग परिचित हुदैजान्छ, आफ्नो क्षमतालाई पहिचान गर्नुहोस् । आफूलाई माया गर्नुहोस् ,आफ्नो मनलाई बुझ्नुहोस् । आफूलाई माया गरेपश्चात मानिसको आन्तरिक क्षमतामा बृद्धि हुन्छ । त्यसैगरी, तपाई आफ्नो क्षमताको बृद्धि विकासमा ध्यान दिनुहोस् । अनि आफ्नो इच्छा अनुसार कार्य गर्नुहोस् । आफ्नो मनलाई सन्तुष्ट बनाउनुहोस् । समयसँग विस्तारै सबैकुरा ठीक हुदैजान्छ । समय अनुसार चल्नुहोस्, आफु्लाई चिन्नुहोस् ,आफ्नो सुरक्षा गर्नुहोस तपाईमा परिवर्तन पक्कै आउनेछ ।