Hypnosis is a scientifically verified technique which promotes the accelerated human change

असफलताहरूसँग कसरी जुझ्ने

Failureप्रश्न: मलाई मेरो जिन्दगीदेखि वाक्क लागिसक्यो किनभने मैले धेरै असफलताहरू पाए । मैले सँधैकेही नयाँ काम गर्न खोजे तर समयले कहिले साथ दिएन । ~ सागर कोइराला

म बुझ्छु, तपाईले असफलता भोग्नुपर्दा तपाईलाई गाह्रो भैरहेको छ । आफूले गरेको मिहिनेतले साकार रूप पाओस् भन्ने इच्छा सबैको हुन्छ त्यसैले नै मेहनेत गर्न मन लाग्छ। मेहनतको फल नकरात्मक पाउँदा जिन्दगीसँग दिक्क लाग्नु, आफूलाई समयले पनि ठगेको महसुस हुनुका साथै जिन्दगी बेकार हो भन्ने लाग्नु स्वभाविक हो ।

 
तपाईलाई यस्तो महसुस भएको समय कति भयो, के कस्ता कार्यमा सफलता पाउनु भएन अनि यो महसुसले के कस्ता असरहरु परेका छन् भन्ने कुराहरु महत्वपुर्ण हुन्छन् । ती सबै कुरामा सचेत रहनुहोस् । तपाईले शुरु गर्नु भएको नयाँ कार्यमा सफलता पाइने सम्भावना कति थियो, त्यसको लागि आवश्यक मेहनतका साथै अन्य स्रोत - साधनको व्यवस्था कस्तो थियो भन्ने कुरामा पनि विचार पुर्‍याउनुहोस् र अर्को मुख्य कुरा भनेको तपाईको आन्तरिक क्षमताको सही ढंगले पहिचान गर्नुहोस् ।
 
हरेक मानिसको क्षमता हुन्छ समस्या सामना गर्ने, नयाँ काममा रुची राख्ने र कार्यलाई निरन्तरता दिने, अन्य व्यक्तिलाई प्रभावित पार्न सक्ने खालको क्षमता हुन्छ जसलाई आन्तरिक क्षमता भनिन्छ । यो क्षमता हरेक व्यक्तिमा फरक किसिम र फरक मात्रामा हुन्छ । तपाई पनि आफ्नो आन्तरिक क्षमताको पहिचान गर्नुहोस् । आफुमा आत्मबल र आत्मविश्वास बढाउनुहोस् । कुनै कार्य गर्दा त्यसको परिणाममा ध्यान नदिई कार्यको प्रक्रिया र निरन्तरतामा ध्यान दिनुहोस् । आफ्नो मेहनतमा सन्तुष्ट हुनुहोस् । आफुले सक्ने मेहनत गरेका काममा खुशी हुँदा आनन्द आउनुको साथै फेरि काम गर्नका लागि जाँगर आउने र स्फुर्त हुने हुन्छ । हरेक कुरालाई सकारात्मक पक्षबाट हेर्ने बानी बसेपछि समयले पनि साथ दिएको महशुस हुन थाल्छ । अनि तपाई आफूलाई सफल पाउनुहुनेछ ।
 
यदि यति गरेपछि पनि आफूमा परिवर्तन पाउनुभएन र दैनिक कृयाकलापमा धेरै नै असर परिरह्यो भने तपाई मनोविमर्शकर्तासगँ सर्म्पक राख्नु होला । मनोविमर्शले तपाईको समस्यासँग जुझ्ने क्षमता बढाउँछ । आफ्नो आत्मबल आत्मविश्वास बढाउन पनि मनोविमर्शकर्तासँग सहयोग लिन सक्नुहुनेछ ।