Psychology in Nepal


प्रेम अद्भूत शक्ति हो । हामी सबै प्रेमका पुजारी हौँ । संसार प्रेममय छ । प्रेममय भएकै कारण संसार अडिएको छ । सबै मानिस जानी-नजानी प्रेम गरिरहेका हुन्छन् । माया, ममता, करुणा, स्नेह, सद्भाव, भक्ति, सत्कार, स्वाभिमान, अनुशासन आदि सबै प्रेमका स्वरूप हुन् । प्रत्येक पल मानिसले प्रेमको कुनै न कुनै स्वरूप धारण गरेकै हुन्छ । यही शक्तिको कारण मानवजीवनको औचित्य रहन्छ ।
अस्ट्रेलियामा रहेका सुदीप भट्टराईलाई बडो चिन्ता परेको छ । च्याटमा भेट हुँदा होस् या फोनमा, नेपालमा रहेका बुबाआमाले उनलाई 'तेरो उमेर भइसक्यो, बिहे गर्ने गरी छिट्टो नेपाल आइज', भन्दै हकार्ने गर्नुहुन्छ । उनलाई पनि बिहे गर्न मन नभएको त कहाँ हो र ! तर बुबाआमाले उनको रुचि नबुझिदिनाले उनलाई पीर परेको छ । 'संसारमा कत्रो परिवर्तन भइसक्यो तर मेरा अभिभावकहरू अझै पुरानै युगमा हुनुहुन्छ', उनी भन्छन्, 'उहाँहरू जात/धर्म, चिना/टिपन आदिमै अल्झिनुभएकाले मेरो जिन्दगीसमेत उहाँहरूको समय र मेरो समयको बीचमा पेन्डुलमझैँ रिङ्गिरहेको छ ।'
मानिसको जीवनमा गाँस, बास र कपासजस्तै यौन पनि अत्यावश्यक छ । तसर्थ मानिसमा यौनसम्बन्धी उत्सुकता जाग्नु स्वाभाविक हो । हाम्रो समाजमा वैवाहिक जीवनमा यौनसम्बन्ध स्वीकार्य छ । सामाजिकरूपले मान्यताप्राप्त सुरक्षित यौनसम्बन्धमा सीमित रहनुलाई यौन संयमता भनिन्छ ।
म सानो छँदा देख्थेँ- आमाले हजुरबुबा, हजुरआमा, बुबा, दाइलगायत परिवारका सदस्यहरूलाई खाना खुवाउँदा ठूलो खण्डेथालमा खाना, तरकारी अचार राखिदिनुहुन्थ्यो अनि छुट्टै कचौरामा दाल र गिलासमा पानी । सबैले खाना खाउन्जेल उभिएर पर्खिरहनुहुन्थ्यो । सबै उठेर गएपछि सेलाएको, बाँकी रहेको दाल, भात, तरकारी सबै एउटा सानो रिकापीमा हालेर एक्लै बसेर खानुहुन्थ्यो । मलाई त्यसो गरेको पटक्कै मन पर्दैनथ्यो अनि म भन्थेँ, "अलि ठूलो थालमा राम्रोसँग खानुहोस् न !" तर उहँ मलाई यस्तै ठीक छ भन्नुहुन्थ्यो । अलि ठूलो भएपछि बुझेँ, प्रायः सबैको घरमा त्यस्तै हुँदोरहेछ ।
मानिसको सबैभन्दा शक्तिशाली अंग मन (mind) हो। मनले मानिसलाई काम गर्न प्रेरित गर्छ र उसको आज्ञा मानिसले चाहेर वा नचाहेर मान्नैपर्छ। वास्तवमा मन मानिसको मालिक हो र मनले अह्राएअनुसार गर्नु मानिसको प्रकृति हो। मानिस प्रकृतिविरोधी हुन सक्दैन । मनको कारण नै मानिस छ र उसको अस्तित्व पनि। त्यो मन नै हो जसले मानिसलाई प्रेम, घृणा, सुख, दुःखजस्ता संवेग वा संवेदनाहरूसँग परिचय गराउँछ। मन देखिदैन तर महसुस गरिन्छ र यही आभास नै संसारलाई अड्याउने शक्ति हो ।